दफा १३
विभागको स्थापना
(१) नेपाल सरकारले कसूरबाट प्राप्त सम्पत्ति तथा कसूरसँग सम्बन्धित
साधनको व्यवस्थापन र लिलाम बिक्री सम्बन्धी कार्य गर्न एक कसूरजन्य सम्पत्ति
व्यवस्थापन विभागको स्थापना गर्नेछ ।
(२) नेपाल सरकारले निजामती सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको
अधिकृतलाई विभागको प्रमुखको रुपमा कार्य गर्न महानिर्देशकको रुपमा नियुक्त गर्नेछ ।
(३) विभागको संगठनात्मक स्वरुप र विभागलाई आवश्यक पर्ने कर्मचारीको दरबन्दी
नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विभागको स्थापना
नभएसम्मको लागि नेपाल सरकारले अन्य कुनै विभाग वा निर्देशनालयलाई यस ऐन
बमोजिम विभागले गर्ने काम कारवाही गर्ने गरी तोक्न सक्नेछ ।